नेपाली मिति र समय NEPALI DATE AND TIME

प्रमुख खवर
recent

नारायणपुर उद्योग वाणिज्य संघकाे १७ साधारणसभा सम्पन्न

 


चैत १५, दाङ ।

नारायणपुर उद्योग वाणिज्य संघकाे आठाैँ अधिवेशनका लागि अध्यक्ष पदमा युवा व्यवसायी अभियान बस्नेतले सर्वसम्मत चयन भएका छन् ।
आज बिहान ९ बजेसम्म उम्मेदवारी दर्ता गराउने र बेलुका ४ बजेसम्म दावी बिराेध तथा उम्मेदवारी फिर्ता लिने समयसीमा राखिएकाे थियाे ।
अध्यक्षकाे उम्मेदवारी दिएका अर्का प्रत्यासी उम्मेदवार धनेश्वर आचार्यले उम्मेदवारी फिर्ता लिएर बस्नेतलाई नै समर्थन गरेपछि बस्नेत।अध्यक्ष घाेषित भएका हुन् ।
त्यसैगरी वाणिज्य उपाध्यक्षमा तिलक महरा, काेषाध्यक्षमा रेखा के.सी., सचिवमा निमलाल खनाल सर्वसम्मतिले चयन भएका छन् ।
उद्योग उपाध्यक्ष र महासचिवमा भने अझै सहमति हुन सकेकाे छैन । उद्योग उपाध्यक्षमा डिल्ली वली र माेहनप्रसाद आचार्यकाे उम्मेदवारी परेकाे छ भने महासचिवमा नाेखीराम के.सी. र बसन्त न्याैपानेकाे उम्मेदवारी परेकाे छ । सहमतिका लागि यही चैत १८ गते बेलुका ४ बजेसम्म पहल गर्ने गरी समयसीमा बढाइएकाे छ ।
सदस्य भाेला बुढाथोकी , जागेश्वर डाँगी, यज्ञबाहदुर थापा, लिलाधर शर्मा (बिट्टु), शरद बुढाथाेकी , मिना भण्डारी , केशरी बिष्ट र नारायण भट्टराई सर्वसम्मतिले चयन भएका छन् ।

अध्यक्ष बस्नेत लाेकप्रिय युवा व्यवसायी, समाजसेवी, सञ्चार उद्याेगी तथा नेपाल तरूण दलका दाङ जिल्ला काेषाध्यक्ष, नारायणपुर लायन्स क्लवका तृतीय उपाध्यक्ष  समेत रहेका छन् । बस्नेत कनिका खवर प्रा.लि. का अध्यक्ष समेत रहेका छन् । यसअघि २०७२ देखि २०७४ सम्म वाणिज्य उपाध्यक्ष र २०७४ देखि २०७७ सम्म उद्योग उपाध्यक्ष रहेर काम गरेका थिए ।

No comments:

Powered by Blogger.