नेपाली मिति र समय NEPALI DATE AND TIME

Saturday, June 14 2025

प्यूठानबाट स्वर्गद्वारी कार दुर्घटना हुँदा आठ जनाको मृत्यु



प्यूठानबाट स्वर्गद्वारी मन्दिरको दर्शन गरेर फर्कदै गरेको कार दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ।

लु १ च ६३४५ नम्बरको ८ जना सवार कार स्वर्गद्वारी दर्शन गरी फर्किँदै गर्दा स्वर्गद्वारी नपा- ४ उपल्लो भिङ्रीमा अनियन्त्रित भई दुर्घटना भएको हो। स्वर्गद्धारीबाट फर्किएको कार दुर्घटनामा सवार ८ जनाको दुखद मृत्यु भएकाे जिल्ला अस्पताल प्युठानले जनाएको छ ।
दुर्घटनामा ज्यान गुमाएकाहरु ।
१: जिल्ला दाङ्ग तुल्सीपुर उ.म.न.पा.-१५ कोठरी बस्ने वर्ष ३५ की सरिता शर्मा पोख्रेल, निजको छोरा वर्ष १४ को विशाल पोख्रेल र वर्ष ९ को विकास पोख्रेल ।
२: जिल्ला दाङ्ग लमही न.पा.-५ बस्ने वर्ष ४९ को सवारी चालक तारा बहादुर कुमाल।
३: जिल्ला दाङ्ग लमही न.पा.-७ वस्ने वर्ष ४० को गोविन्द शाह, निजको श्रीमती वर्ष ३० की राधा शाह र निजको छोरा वर्ष ९ को आदित्य शाह र १ जना बालकको नाम खुलेको छैन् । कार करिब ५० मिटर तल खसेर क्षत बिच्छेद अबस्थामा रहेकाे थियाे।

No comments:

Powered by Blogger.