नेपाली मिति र समय NEPALI DATE AND TIME

प्रमुख खवर
recent

जिल्ला प्रशासन कार्यालय दाङ सिल



घोराही,भदौ १६ । जिल्ला प्रशासन कार्यालय दाङ सिल भएको छ । जिल्ला प्रशासन कार्यालयमा कार्यरत एक जना कर्मचारीमा कोरोना भाइरस पोजेटिभ रिपोर्ट आएपछि कार्यालय सिल गरिएको हो ।
अन्य कर्मचारीमा कोरोना भाइरसको संक्रमण रोक्नका लागि सिल गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिनुभएको छ । शान्ति सुरक्षाका अत्यावश्यक काम बाहेक अन्य सेवा स्थगित गरिएको कार्यालयले सार्वजनिक सूचना जारी गरेर जानकारी गराएको छ ।
दाङमा एक साताका लागि निषेधाज्ञा घोषणा गरिएको छ । गएको आइतबार रातीदेखि दाङमा निषेधाज्ञा जारी गरिएको हो । दाङमा समुदाय स्तरमा कोरोना भाइरसका बिरामीहरू फेला परेपछि सजगता अपनाइएको छ ।

No comments:

Powered by Blogger.