नेपाली मिति र समय NEPALI DATE AND TIME

प्रमुख खवर
recent

भदौ २८ गते सम्म नारायणपुर कडा “लक्ड” रहने, अटेरी गर्नैलाई २ घण्टा होल्डमा राखिने




भदौ २८ गते सम्म नारायणपुर कडा “लक्ड” रहने, अटेरी गर्नैलाई २ घण्टा होल्डमा राखिने
बिष्णुकुमार देवकोटा
दाङ २२ भदौ
नारायणपुरमा समुदायमा फैलिएको कोरोना नियन्त्रण तथा थप फैलन बाट रोक्नका लागि भदौ २८ गते सम्म नारायणपुर  क्षेत्र सहित घोराही ११ खैरा लाई समेत कडा “लक्ड” अवस्थामा राख्ने निर्णय गरीएको  छ ।
घोराही उपमहानगरपालिका वडा नं १० बजार क्षेत्र र वडा नं ११ को खैरा बजार क्षेत्र तथा आसपासका क्षेत्रहरुमा बसोबास गर्नै व्यक्तिहरुमा  कोरोना संकमण फैलिएको पुष्टि भएसंगै नारायणपुर र खैरा क्षेत्रलाई  “लक्ड” गर्नै निर्णय गरीएको हो ।
वतावरण तथा विपद् व्यवस्थापन शाखा वडा नं १०को आयोजनामा आकस्मिक बैठक सम्पन्न भएको  बैठकले यस्तो निर्णय गरेको हो ।
आज घोराही उपमहानगरपालिका वडा नं १० मा बसेको सर्वदलिय एवं सर्व पक्षिय बैठकले नारायणपुर र खैरा क्षेत्रमा बढेको कोरोना संक्रमणको चेन तोड्नका लागि सात दिने लक डाउनको बिकल्प नभएको भन्दै लक डाउनलाई प्रभावकारी बनाउन सम्पुर्ण एद्योगी व्यवसायी, व्यापारी, बुद्धिजिवी, एवं संघ संस्थालाइृ आग्रह गर्नै निर्णय गरीएको हो ।
घोराही उपमहानगरपालिका वडा नं १०का वडाअध्यक्ष चित्र बहादुर डाँगी “निर्मल”को अध्यक्षतामा बसेको वडा नं १० र ११को संयुक्त बैठकले कोरोना संक्रमीत परीवारका सदस्यहरुको समेत स्वाव परीक्षण गर्नै र कन्ट्याक्ट ट्रेसिङ्गका आधारमा पिसिआर परिक्षण गर्नै समेत निर्णय गरेको छ ।
बैठकले कोरोना सक्रमीत परिवारलाई घरभित्रै सुरक्षित रहन समेत आग्रह गरेको छ ।
बैठकको निर्णय सार्वजनिक गर्दै वडा कार्यालयले बैक तथा वित्तिय संस्थाहरुमा संक्रमण फैलिएको कोट गर्दै सबैलाई घरमै रहन र कुनैपनि समस्या आए तत्काल वडा, टोल, प्रहरीलाई खबर गर्न आग्रह गरेको छ ।
यस्तै अनावस्यक काममा बाहिर निस्कन तथा हिडडुल गर्न , भिडभाड गर्न, पसल संचालन गर्न समेत रोक लगाउने निर्णय गर्दै यस्तो गरीएको पाईएमा दुईघण्टा होल्ड गरीने समेत निर्णय भएको छ ।

कोरोना संक्रमित परिवारलाई समस्या परे खबर गर्न आग्रहः आज बसेको बैठकले खाद्यान्न, औषधि तथा अत्यावस्यकीय कार्य प्रयोजनका लागि बेहिचकिच टोल बिकास संस्था, अनुगमन समिति, वडा कार्यालय, प्रहरी, उद्योग बाणिज्य संघलाई खबर गर्न अनुरोध गर्नै निर्णय बैठकले गरेको छ ।
घरमै बसीरहनुभएका संक्रमित परीवारलाई सहयोग र्नका लागि वडा नं १० का अध्यक्ष चित्र बहादुर डाँगी निर्मलको संयोजकत्वमा ईलाका प्रहरी कार्यालय, उद्योग बाणिज्य संघ, रेडक्रस, प्रकाश न्यौपाने र तिलक महरा (राजनैतिक दल), शहरी स्वास्थ्य प्रबद्र्धन केन्द्र नारायणपुरका जनस्वास्थ्य निरीक्षक बिनोद कुमार के.सी. सम्मिलित अनुगमन समिति समेत गठन गरीएको छ ।

No comments:

Powered by Blogger.