नेपाली मिति र समय NEPALI DATE AND TIME

प्रमुख खवर
recent

आज दाङमा थप ३७ जनामा कोरोना पुष्टि

 दाङ
               दाङमा आज ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा घोराही र तुलसीपुर उपमहानगरपालिकाका १८ र १८ जनामा र शान्तिनगर गाउँपालिकाका १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । जस मध्ये १८ जना महिला र १९ जना पुरुष रहेका छन् ।

घोराहीका १८ जना मध्ये वडा नम्बर ६ का १ जना, वडा नम्बर १० का ९ जना, वडा नम्बर ११ का ४ जना र वडा नम्बर १५ का ४ जना रहेका छन् । त्यसैगरी तुलसीपुरका १८ जना मध्ये वडा नम्बर १ का एक जना, ५ र ६ का ४र४ जना, वडा नम्बर ७ का एक ९ महिने बालक र ३१ वर्षीया महिला रहेका छन् । त्यसै वडा नम्बर ८ र १७ का १र१ जना, वडा नम्बर १८ का दुई, १९ का ३ जना छन् भने शान्तिनगरका वडा नम्बर ५ का एक जना रहेका छन् ।

No comments:

Powered by Blogger.