नेपाली मिति र समय NEPALI DATE AND TIME

प्रमुख खवर
recent

जिल्ला कोभिड १९ संकट व्यवस्थापन समिति दाङले आइतबार मध्यरातबाट लागू हुने गरी एक साता जिल्लाभर पूर्ण रूपमा निषेधाज्ञा लगाउने भएकाे छ






जिल्ला कोभिड १९ संकट व्यवस्थापन समिति दाङले आइतबार मध्यरातबाट लागू हुने गरी एक साता जिल्लाभर पूर्ण रूपमा निषेधाज्ञा लगाउने भएकाे छ । दाङमा समुदाय स्तरमा कोरोना भाइरसको संक्रमण देखिएपछि जिल्लालाई काेराेना संक्रमणकाे थप जाेखिम हुनबाट जाेगाउन एक पहिलाे चरणमा एक साता पूर्ण रूपमा निषेधाज्ञा जारी गरिएकाे छ ।

शुक्रबार जिल्ला काेराेना संकट व्यवस्थापन समितिकाे बैठक जिल्ला प्रशासन कार्यालय दाङमा बसेकाे बैठकले आइतबारदेखि आगामि २१ गते राति १२ बजेसम्म पूर्ण रूपमा निषेधाज्ञा लगाएकाे छ । साे अवधिमा उद्याेग, कलकारखाना, यातायात, बजार, कार्यालय, बैंक तथा वित्तिय संस्था बन्द रहने समिति संयाेजक एवम् प्रमुख जिल्ला अधिकारी गाेविन्दप्रसाद रिजालले जानकारी दिए ।
पछिल्लाे चरणमा जिल्लाकाे घोराही, तुलसीपुर उपमहानगरपालिका र राप्ती गाउँपालिकामा समुदाय स्तरमा कोरोना भाइरसका संक्रमित फेला परेपछि उच्च सतर्कता अपनाउँदै जिल्लालाई नै लकडाउन पूर्ण रूपमा निषेधाज्ञा लगाउनु परेकाे उनले बताए ।
निषेधाज्ञा अवधिमा अत्याश्यक बाहेकका सेवाहरु पूर्ण रुपमा बन्द हुनेछन् । एम्बुलेन्स, दमकल, प्रेसका सवारी साधन बाहेक अन्य सवारी साधनसमेत चल्न पाउने छैनन् ।
यस्तै बैठकले जिल्लामा आरटी पिसीआर परिक्षणको दायरा बढाउने निर्णय गरेको छ । परिक्षण रिपोर्ट हेरेर जिल्लामा एक सातापछि यसकाे अवधि थप गर्ने नगर्ने निर्णय हुने उनले बताए । उनले भने, ‘जिल्लामा काेराेनाकाे अवस्था कस्ताे हुँदै जान्छ त्यस अनुसार निर्णय गर्दै जाने हाे । अहिले थप कडाइ गर्नुकाे विकल्प हामीसँग रहेन ।’
यस्तै, सिमावर्ती क्षेत्रमा आवागमना थप कडाइ गर्ने, जिल्ला भित्रिनेहरूकाे लगत राखेर सम्बन्धित पालिकालाइ जानकारी गराउने र क्वारेन्टाइनमा व्यवस्थापन गरिने भएकाे छ ।
समुदाय स्तरमा कोरोना संक्रमण फेला परेपछि जिल्लाकाे घोराही १० नारायणपुर क्षेत्र, राप्ती गाउँपालिकाको वडा नम्बर १, ४ र ८ का ५ वटा टोल अहिले सिल गरिएको छ भने तुलसीपुर क्षेत्रका केही स्थान पनि उच्च निगरानीमा राखिएकाे छ । यस अघि स्थानीय प्रशासनले भदाै १ गतेबाट जिल्लामा अनिश्चितकालीन रात्रिकालीन निषेधाज्ञा लगाएकाे छ ।
दाङमा बिहीबार बेलुकीसम्मकाे विवरणमा ७ सय ४८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । ती मध्ये ६ सय ६८ जना उपचारपछि डिस्चार्ज भएर घर फर्किइसकेका छन् । सक्रिय संक्रमित ६० जनाकाे विभिन्न स्थानमा रहेकाे आइसाेलेसनमा अहिले उपचार भइरहेकाे छ ।

No comments:

Powered by Blogger.