नेपाली मिति र समय NEPALI DATE AND TIME

प्रमुख खवर
recent

शुक्रबार देखि नारायणपुर क्षेत्र “लक्ड डाउन हुने” तनावमा कन्ट्याक्टेडहरु, बृहत् पिसिआर गर्नमाग नारायणपुर क्षेत्रमा कोरोना संक्रमित भेटिएपछि




शुक्रबार देखि नारायणपुर क्षेत्र लक्ड डाउन हुनेतनावमा कन्ट्याक्टेडहरु, बृहत् पिसिआर गर्नमाग
नारायणपुर क्षेत्रमा कोरोना संक्रमित भेटिएपछि त्रासमा स्थानीय, बृहत् पिसिआर गर्नमाग रोजन रोका दाङ ११ भदौ लक्ष्मि बैंक घोराही शाखामा कार्यरत घोराही उपमहानगरपालिका वडा नं ११ नारायणपुर क्षेत्र)का पुरुष व्यक्तिमा कोरोना पुष्टि भएसंगै भदौ १२ गते शनिबार देखी नारायणपुर क्षेत्रलाई शिल गरीने भएको छ । समुदायमा कोरोना संक्रमण रोक्न र नारायणपुर क्षेत्रमा कोरोन संक्रमणको फैलावट मापन गर्नका लागि नारायणपुर क्षेत्रलाई शिल गर्न लागिएको घोराही उपमहानगरपालिका वडा नं १० का वडाअध्यक्ष चित्र बहादुर डाँगि (निर्मल)ले साहारा खबर दाङ लाइ बताउनु भयो । लक्ष्मि बैंकमा कार्यरत उक्त पुरुष व्यक्तिमा कोरोना पुष्टि भएसंगै उनले नारायणपुर बजारमा भेटेका व्यक्तिहरु तनावमा रहेका छन् । कोरोना पुष्टि भएका व्यक्तिले नारायणपुर बजार स्थित एक होटेलमा साथिहरु संग चेस खेलेको, टिम बाँडेरक क्रिकेट खेलेको, संयुक्त टोलमा संचालित पुल हाउसमा पुल (बिलियार्ड) खेलेका पसलमा गई भेटघाट गरेका आधारमा कन्ट्याक्ट ट्रेसिङ्ग गरी स्वाव परिक्षण गरिने वडा अध्यक्ष डाँगिको भनाई छ । तर, नारायणपुर बजार अन्य घोराही तुलसपुर बजारहरु जस्तो सतर्क नभएको र बिचौं बिच बजारका पसलहरु, ग्रुपमा क्रिकेट खेलिएका कारण मानविय ट्रान्जिक्सन बढि भएको हुँदा पसलमा गएका व्यक्तिहरुको समेत स्वाब परिषण गरीनुपर्नै पसलमा गएका व्यक्तिले साहारा खबर दाङ लाइ बताए । वडा अध्यक्ष चित्र बहादुर डाँगि निर्मलका अनुसार कोरोना संक्रमित व्यक्तिको संपर्कमा आएका केहि व्यक्तिहरुलाई तत्काल ज्वरोको सिम्प्टम देखिएको हुँदा स्वाब परिक्षणका लागि पठाईएको र होम क्वारेन्टिनमा बस्न भनिएको छ ।


दाङ, ११ भदौ । दाङमा कोरोना संक्रमण जोखिम बढ्दै गएपछि भदौ १३ गतेदेखि लकडाउन गर्ने भएको छ । कोरोना संक्रमण समुदायस्तरमा फैलन थालेपछि जिल्लामा शनिबारदेखि लकडाउन गर्ने तयारी गरिएको जिल्ला संकट व्यवस्थापन केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।
पर्सि शनिबारदेखि लकडाउन गर्ने विषयमा भोलि जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठक बस्दै छ, प्रजिअ रिजालले भन्नुभयो –‘संक्रमणदर बढ्दै गएको अवस्थामा लकडाउनबाहेक विकल्प रहेन । सार्वजनिक स्थानमा भिडभाड बढ्दै गएको हुँदा संक्रमण रोकथामाका लागि जिल्लामा अत्यावश्यक बाहेक अन्य सबै बन्द गरिने उहाँले बताउनुभयो ।

No comments:

Powered by Blogger.