नेपाली मिति र समय NEPALI DATE AND TIME

प्रमुख खवर
recent

पौडेलका लागि नेतृत्व छाड्न तयार कोइराला

मंसिर २१, काठमाडौँ ।

नेपाली काङ्ग्रेस सभापतिका आकांक्षी डा. शशांक कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेलका लागि नेतृत्व छाड्न तयार रहेको बताएका छन् । कोइराललाले एक पटकका लागि आफू रामचन्द्र पौडेलको पक्षमा दाबी छाड्न तयार रहेको बताएका हुन् ।

प्रकाशमान सिंह निवास चाक्सीबारीमा भएको छलफलपछि पत्रकारहरूसँग कुरा गर्दै उनले रामचन्द्र पौडेलले आग्रह गरेपछि दाबी छाड्न तयार भएको बताए ।

कोइरालाले बैठकमा पौडेल सबैभन्दा सिनियर नेता भन्दै साझा उम्मेदवार बनाएर महाधिवेशनमा जानुपर्ने प्रस्ताव राखेका छन् । कोइरालाको यो प्रस्तावपछि पौडेलको नेतृत्वमा इतर समूह महाधिवेशनमा जाने सम्भावना बढेको हो ।

मंगलबार नै साझा उम्मेदवारको टुंगो लगाउने भनिए पनि टुंगो भने लागेको छैन । सभापतिका आकांक्षी पौडेल, प्रकाशमान सिंह र डा. शेखर कोइरालाबीच बुधबार बिहान छलफल गरेर टिम घोषणा गर्ने तयारी भएको नेताहरुले बताएका छन् ।

बैठकपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै वरिष्ठ नेता पौडेलले उम्मेदवारीका विषयमा सहमति नजिक पुगेको बताएका छन् । उनले बुधबार बिहान ९ बजे फेरि छलफल गरेर सबै टुंगो लगाउने बताए ।

No comments:

Powered by Blogger.