दाङ जिल्लामा शुरक्षीत अटो सेवा प्रदान गर्नै उदेस्यले गाँऊ शहर अटो यातायात प्रा.लि.को
बिष्णुकुमार देवकोटा
दाङ २ असोज
दाङ जिल्लामा शुरक्षीत अटो सेवा प्रदान गर्नै उदेस्यले गाँऊ शहर अटो यातायात प्रा.लि.को उद्घाटन गरीएको छ ।
असोज १ गते विश्वकर्मा वावाको पुजाको अबसर पारेर दाङको घोराहीमा गाँऊ शहर अटो यातायात प्रा.लिको उद्घाटन गरीएको हो ।
परीयार सेवा समाजका केन्द्रिय सदस्य एवं पाण्डवेश्वरी यातायात प्रा.लि.का वरिष्ठ उपाध्यक्ष केशव परीयारले प्रा.लि.को रीबन काटेर उद्घाटन गर्नुभएको हो ।
गाँऊ शहर अटो यातायात प्रा.लि.का अध्यक्ष एवं यातायात व्यवसायी अभिमन्यु गीरीको अध्यक्षतामा सम्पन्न गाँऊ शहर अटो यातायात प्रा.लि.को उद्घाटन कार्यक्रमा अटो व्यवसायमा संलग्न व्यवशायीहरुलाई समितिमा आबद्ध हुन र कानुन बमोजिम व्यवसाय संचालन गर्न आग्रह गरीएको छ ।
यात्रुहरुको शुरक्षा, विश्वसनीय अटो सेवा, कानुन सम्मत पेशा एवं व्यवसायीको हक हितका लागि कुनैपनि समय सेवा प्रदान गर्नै प्रतिबद्धता अध्यक्ष गिरीले गर्नु भयो ।
राम्रो र सकारात्मक र बलियो टिम भएकका कारण व्यवसायीको शुरक्षा र यात्रुहरुको सुरक्षा दुवै काम गाँऊ शहर अटो यातायात प्रा.लि बाट हुने आसा व्यक्त गर्दै प्रमुख अतिथी केशव परीयारले भन्नु भया,े “ बलियो टिम भएका करण गाँऊ शहर अटो यातायात प्रा.लि.मा आबद्ध हुन सबै व्यवसायी लाई आग्रह गर्दछु ।”
गाँऊ शहर अटो यातायात प्रा.लि.का अध्यक्ष अभिमन्यु गीरीले आज टाईम्स खबर संग कुराकानी गर्दै जिल्लामा एकिकृत रुपमा विश्वसनीय र शुरक्षीत यातायात सेवा प्रदान गर्नै उदेस्यले गाँऊ शहर अटो यातायात प्रा.लि. संचालन ल्याएको बताउनु भयो ।
“हरेक गल्लि गल्लि, गाँऊ गाँऊ छिर्नै र जनताको सेवामा अटोले खेलेको भुमिकालाई सबैलेसम्मान गर्नु पर्छ” गीरीले भन्नु भयो ।
जनताको सुख दुःखमा खटिएका अटो व्यवसायीहरुको समस्यालाई मध्येनजर गर्दै कानुन सम्मत् प्रकृया बाट व्यवसायीका समस्याहरु समाधान गर्नै उदेस्यले जिल्लामा एकिकृत रुपमा अटो व्यवसाय संचालन गर्नै विषयमा विभिन्न अटो व्यवसायी समितिहरुसंग मर्ज बिषयमा कुराकानी भएको भन्दै गीरीले सबै अटो व्यवसायीहरुलाई गाँऊ शहर अटो यातायात प्रा.लि. अन्तर्गत आउन आह्वान गर्नुभयो ।
“अहिले देखी ६ महिना सम्म निःशुल्क शवारी दर्ता गरीने छ” गीरीले भन्नु भयो । भलाई कोष, दुर्घटना बिमा क्लेम, हरेक समय सहयोग गरीने भन्दै गीरीले अब अटो व्यवसायीहरुले ढुक्क भएर सेवा दिने दावी गर्नु भयो ।
उद्घाटन कार्यक्रममा व्यवसायी सन्तोष भण्डारी, पत्रकार बिष्णुकुमार देवकोटा, गोपाल नेपाली, गोन्दि डि.सी.,खिम बहादुर नेपाली, संजय अकिारी लगाएतले मन्तव्य व्यक्त गर्नुभएो थियो ।
No comments: