नेपाली मिति र समय NEPALI DATE AND TIME

प्रमुख खवर
recent

फेरि एउटा जीवन बाँच्यो....

 



फेरि एउटा जीवन बाँच्यो....

फेरि गोरखा अस्पताल घोराहीमा डा.
Akash Pokharel
को नेतृत्वमा एउटा महत्वपूर्ण शल्यक्रिया भएको छ ।
मृत्युको मुखमा पुगेकी एक महिलालाई मित्र
Dipendra Nyaupane
ले उद्दार गरी अस्पताल पुर्याउनुभयो भने उहाँ र उहाँका भाइ
Kuldip Nyaupane
को रेखदेखमा सम्पूर्ण उपचार भइरहेको छ ।
शल्यक्रिया शुल्क ५२ हजार नलिएर डा. पोख्रेल र एनेस्थेसिया डा. सुरेन्द्र कँवरले महत्वपूर्ण योगदान गर्नुभएको छ भने यो रकमसहित अस्पताल (
Dinesh Acharya
)ले ९९ हजार ७ सय ५० रुपैयाँ मिनाह गरेको छ ।
सुविना फर्मा (
Sunil Regmi
)ले निशुल्क औषधि उपलब्ध गराएर थप योगदान गरेको छ ।
न्यौपाने बन्धु तथा
Pun KaZi
लगायतको आग्रहमा ८ पिन्ट रगत (
Gir Bahadur Mahara
,
Dipendra Magar Pravakar
समेतबाट)को जोहो गरेर शल्यक्रिया गरी अहिले विरामीको परिवारलाई न्यौपाने बन्धुले आफ्नो घरमा राखेर सेवा गरिरहनुभएको छ ।
विरामीको परिवार झण्डै एक हप्ता न्यौपाने निवासमै रहेर सेवा लिने छ ।
सामान्य काँडा बिझेको निहुँ भए पनि आर्थिक अभावका कारण समयमै उपचार नपाउँदा मृत्युको मुखमा पुगिसकेकी यी महिलाले सबैको सत्प्रयासमा पुनर्जीवन पाएकी छन् ।
खुट्टा पूरै सडिसकेकाले काट्नुपरे पनि जीवन भने बाँचेको छ ।
कहिले बुटवल त कहिले तुलसीपुर अस्पताल धाउँदाधाउँदा ऋणधन गरेर ३५ हजार खर्च गरिसकेको बिपन्न कुमाल दम्पत्तिको मुहारमा आज मुस्कान छाएको देख्दा औधि खुशी लागेको छ, यसमा अगुवाइ गर्ने र खट्ने सबै मित्रहरु धन्यवादका पात्र हुनुहुन्छ ।
सफल शल्यक्रियापछि डा. पोख्रेल र विरामी कुमालबीचको संवादले निकै भावुक बनायो, उहाँहरु दुबै निकै भावविह्वल हुनुभयो र बसन्तीले धरधरी खुशीका आँसु नै झार्नुभयो । क्या, गज्जबका डाक्टर, सेवा होस् त यस्तो पो, हात र दिमागबाट मात्र होइन, मन मुटुबाटै सेवा....।
विस्तृत समाचार भोलि...

No comments:

Powered by Blogger.