नेपाली मिति र समय NEPALI DATE AND TIME

प्रमुख खवर
recent

फाेर लेन पीडित उत्रिय सडकमा




 

जीवन वली
नारायणपुर,१९ फागुन ।

सचेत युवा सञ्जाल नारायणपुर दाङको आयोजनामा नारायणपुरका युवाहरुद्वारा आज अलपत्र अवस्थामा रहेको लमही घाेराही तथा घाेराही तुलसीपुर सडकको विरुद्ध विरोध जनाएका छन् ।
आज नारायणपुरमा एक कार्यक्रमका बिच सचेत युवाहरुद्वारा विभिन्न नाराहरु अंकित पर्चा,पम्पलेट र व्यानरका साथ सडक र्याली समेत गरेका हुन् ।

कार्यक्रममा विभिन्न संस्थाका प्रतिनिधिहरुले समेत आफ्ना दवावमुलक वक्तव्यहरु दिएका थिए । यसैक्रममा उद्याेग वाणिज्य संघ नारायपुरका अध्यक्ष अभियान बस्नेत, अभियान्ताहरु श्रीधर न्यौपाने, विजय के.सी, छवा वबस्नेत, यामानन्द जि.सी र सुशील अधिकारी लगायतले सम्बाेधन गरेका थिए । कार्यक्रमको सहजीकरण बसन्त बस्नेतले गरेका थिए।

लामो समयदेखि ठेक्का प्रक्रियामा गए पनि निर्धारित समयमा कार्यसम्पन्न नहुँदा सर्वसाधारणले निकै सास्ती बेर्होदै आएका छन् । ठेकेदारको लापरवाहीका कारण पटक पटक ठेक्का सम्झौता नवीकरण गर्दा पनि समयमा निर्माण सम्पन्न नहुँदा उक्त अस्तव्यस्त बाटोमा दुर्घटनामा परी विभिन्न समयमा दुई दर्जनले ज्यान गुमाउनुका साथै दर्जनौ जना घाइते भएका छन् । सडक स्तर उन्नतिको कार्यलाई समयमा सम्पन्न गर्नका लागि विभिन्न समयमा विभिन्न निकायद्धारा दबाब दिए पनि सम्बन्धित सराेकारवाला निकायको ध्यान जान नसक्दा न ठेक्का सम्झौता तोड्ने न निर्माण कार्य अघि बढेको छ ।


 

कार्यक्रममा बाेल्ने वक्ताहरूले स्थानीय सरकारले समेत नागरिकको स्वास्थ्य सुरक्षा र दुर्घटनामा न्यूनीकरणका लागि कुनै चासो नदेखाएको आरोप लगाएका छन् । सम्वन्धित निकायले अविलम्व एक्सन नलिए आगामी दिनमा समेत आन्दोलनका सशक्त कार्यक्रमहरु अगाडि बढाउने भन्दै बसन्त बस्नेतको नेतृत्वमा ४१ सदस्यीय संर्घष समिति समेत गठन गरिएको छ ।

 


No comments:

Powered by Blogger.