नेपाली मिति र समय NEPALI DATE AND TIME

प्रमुख खवर
recent

अबिरल बर्षा सङ्गै आएको पहिरोले रोल्पामा ५ घर बगायो,

       आलोक के.सी.  रोल्पा,६ भदौ लगातार रुपमा परेको बर्षाले रोल्पामा ठुलो मात्रामा जनधनको क्षति पुर्याएको छ।२/३ दिन देखि अविरल बर्षा भएपछि जिल्लाको माडी गाउँपालिका वडा १ भिरमुनी मा दुईवटा घर र वडा नम्बर ५ भावाङमा ३ वटा घर पुरेको छ।गएराती ११ बजे खसेको पहिरोले भावाङमा ३२ वटा बाख्रा बगाएको लगाएत अन्य लाखौंको भौतिक क्षति भएको र ३ जना स्थानीय समेत सामन्य घाइते बनेको ईलाका प्रहरी कार्यालय घर्तिगाउका प्रहरी निरीक्षक सुदिर खड्काले जानकारी दिनु भयो।

त्यस्तै वडा नम्बर १ झिनुवामा पनि गएराती खसेको पहिरोबाट कुनै मानबिय क्षति नभएको र प्रहरी टोलि घटना स्थल तर्फ पुग्दै गरेकाले थप विवरण आउँन बाँकी रहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिनु भयो।भावाङमा पहिरोमा परेर घाइते बनेका ३ जनाको घर्तिगाँउमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

No comments:

Powered by Blogger.